Logo

नबिल बैंकको तीज अफर सार्वजनिक, नारी बचत खातामा सुविधै सुविधा

नबिल बैंकको तीज अफर सार्वजनिक, नारी बचत खातामा सुविधै सुविधा



काठमाडौं । नबिल बैंकले तीज अफर सार्वजनिक गरेको छ । बैंकले ‘नबिल प्रिमियम नारी बचत खाता’ अन्तर्गत खाता खोल्ने नारीहरुलाई पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सकिने गरी उक्त अफर सार्वजनिक गरेको हो ।

बैंकको उक्त अफरअन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको बैंकले जानकारी दिएको छ । सीमित अवधिका लागि ल्याइएको उक्त अफर अन्तर्गत, ग्राहकले असोज १५ गतेसम्म उक्त खाता खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन् ।

हाल नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्