Logo

नेपाल बैंक र एडीबीबीच सम्झौता, नेपालको व्यापार वित्तीय क्षमता अभिवृद्धि गरिने

नेपाल बैंक र एडीबीबीच सम्झौता, नेपालको व्यापार वित्तीय क्षमता अभिवृद्धि गरिने



काठमाडौं । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग व्यापार वित्तिय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेपाल बैंक लिमिटेडले एशियाली विकास बैंकसँग एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स (टीएससीएफटी) कार्यक्रमअन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तियको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्र्तराष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउने बताईएको छ । २०२२ मा एडीबी टीएससीएफटीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारहरू मार्फत ७.७ बिलियन डलर भन्दा बढीको व्यापारीक सहयोग मध्ये ६० प्रतिशत भन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेका थिए ।

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एडीबीसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैंक भएको छ र यो सम्झौताले सय भन्दा बढी देशहरुबाट अन्र्तराष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्नेछ । नेपाल बैंक लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एशियाली विकास बैंकसँग यो सम्झौता हुन सम्भव भएको हो ।

सम्झौतामा एडीबी टीएससीएफटीलका प्रमुख स्टिभन बेक, नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले एसियाली विकास बैंकसँग व्यापार वित्तिय सम्झौता गर्न पाउँदा खुसी भएको बताए । यस्तै उनले साना तथा मध्यम प्रकृतिका व्यवसायी बीच हाम्रो उपस्थितिलाई अझ बढाउँदै हाम्रा ग्राहकहरूको व्यापारीक गतिविधिहरूलाई सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्