Logo

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, १४ प्रतिशत लाभांश वितरण गर्दै

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, १४ प्रतिशत लाभांश वितरण गर्दै



काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानी कर्तालाई लाभांश विगतरण गर्ने भएको छ । गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने पहिलो बैंक बन्दै यसले लगानीकर्तालाई १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको भदौ १३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा बाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष पुँजी कोष पर्याप्त नभएको कारण बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्