काठमाडौं । यस प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा संजीव मानन्धर नियुक्त भएका छन् ।
बैंकको शुक्रबार बसेका सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको हो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बैंकको स्थापना कालदेखि बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए ।
उनको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउन्टेन्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन् ।