Logo

सानिमा बैंक र दराजबीच सम्झौता, साउन र भदौमा बैंकका ग्राहकलाई बिशेष छुट

सानिमा बैंक र दराजबीच सम्झौता, साउन र भदौमा बैंकका ग्राहकलाई बिशेष छुट



काठमाडौं । सानिमा बैंक र दराजबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई दराजको सामग्री खदिमा छुट दिनेगरी दुई संस्थाबीच सम्झौता भएको हो ।

दराजको मन्थ्ली पे डे योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले दराजमा विशेष छुट पाउनेछन् । ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भदौदेखि साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् ५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् ७ सय ५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL