Logo

भदौ २ र ३ गते कुमारी बैंकका सम्पूर्ण सेवा नचल्ने, सिस्टम अपग्रेड र डाटा माइग्रेसनको काम हुने

भदौ २ र ३ गते कुमारी बैंकका सम्पूर्ण सेवा नचल्ने, सिस्टम अपग्रेड र डाटा माइग्रेसनको काम हुने



काठमाडौं । आगामी भदौ २ गते शनिवार र ३ गते आइतबार कुमारी बैंक लिमिटेडका सम्पूर्ण बैंकिङ सेवा नचल्ने भएका छन् । बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।

कुमारी बैंकले हाल प्रयोग गर्दै आएको कोर बैंकिङ सफ्टवेयर थप परिष्कृत भर्जनमा स्तरोन्नति गर्न लागेको छ । जसमा लागि भदौ २ गते शनिवार बिहान ४ बजेटदेखि भाद्र ३ गते आइतबार बिहान ९ बजेसम्म सिस्टम अपग्रेड र डाटा माइग्रेसनको काम गर्ने बैंकले जनाएको छ ।

सो समयमा बैंकका काउन्टरहरू, होलिडे काउन्टर बन्द रहने भएका छन् । साथै एटिएम, डेबिट कार्य, आस्वा सेवा, कनेक्ट आईपिएस, इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ सेवाहरू समेत अवरुद्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्