Logo

रिलायबलको १० औ साधारण सभा सम्पन्न, बोनस र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

रिलायबलको १० औ साधारण सभा सम्पन्न, बोनस र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राधेश्याम अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक बर्ष २०७१र७२ को मुनाफाबाट १०५ बोनस शेयर तथा पुजी वृद्धिको लागि बोनस शेयर पश्चात १ :१ हकप्रद शेयर जारी गर्ने प्रस्तावहरु पारित गरेको छ ।

यसका साथै बैंकले १ सय ९५ प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५ सय १५ र सर्वसाधारण समूहको ४ सय ९५ शेयर स्वामित्व कायम गर्ने भएको छ । सभामा बैंकका सिइओ नारायण बाबु लोहनीले आगामी दिनमा बैंकलाई अझ सबल बनाउदै लैजाने र आ.व. २०७२र७३ मा अझ बढी मुनाफा गर्नुका साथै शेयरधनीहरुलाई अझ बढी बोनस प्रदान गर्ने बताए ।

बैंकले हालसम्म ८ सय १२ करोड निक्षेप र कर्जा लगानी ६ सय ५८ करोड संकलन गरेको छ । साथै बैंकले असार मसान्त भित्र तनहुँको डुम्रेमा शाखा सन्चालनमा ल्याउने समेत जानकारी दिएको छ ।

बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनको लागि सबै तयारी भइरहेको बताएको छ । बोनस पश्चात ७८ करोड चुक्ता पूंजी रहेको यस बैंकले अधिकृत पूंजी वृद्धि गरी ३ अरव पुरयाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्