Logo

सेयर संरचना परिवर्तन गर्दै भिवोर, साढे १५ लाख कित्ता संस्थापक सेयर साधारणमा लाँदै

सेयर संरचना परिवर्तन गर्दै भिवोर, साढे १५ लाख कित्ता संस्थापक सेयर साधारणमा लाँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भिवोर विकास बैंकले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले आफ्नो सेयर संरचनालाई ५१ः४९ अनुपातमा परिवर्तन गर्ने भएको छ ।

जसअनुसार आगामी दिनमा बैंकको सेयर संरचना संस्थापक तर्फ ५१ र साधारणतर्फ ४९ प्रतिशत रहने भएको छ । हाल बैंकको सेयर संरचना संस्थापकको ७० र साधारणको ३० प्रतिशत रहेको छ ।

बैंकले सेयर संरचना परिवर्तन गरी १५ लाख ५९ हजार कित्ता संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्ने भएको हो । सेयर संरचना परिवर्तन गर्न बैंकले आजै मात्र नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्