काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारीलाई नै निरन्तरता दिएको छ । बैंकको गतहप्ता वसेको संचालक समितिको निर्णयले भण्डारीको कार्यकाल थपेको हो ।
संचालक समितिको बैंठकले भण्डारीलाई ४ वर्षको लागि सीईओ नियुक्त गरेको नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । उनी लामो समयदेखि सिद्धार्थ बैंकमै कार्यरत छन् ।