Logo

हिमालयन बैंक र नगरकोटको तायो इको रिर्सोटबीच सम्झौता, बैंकका ग्राहकलाई छुट

हिमालयन बैंक र नगरकोटको तायो इको रिर्सोटबीच सम्झौता, बैंकका ग्राहकलाई छुट



काठमाडौँ । हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रालिबीच हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र तायो इको रिर्सोट बीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहकवर्गहरु तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बंैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्