Logo

सिटिजन्स बैंकका ग्राहकहरुले भिभान्त डेन्टलमा विशेष छुट पाउने, समझदारीपत्रमा हस्ताक्षर

सिटिजन्स बैंकका ग्राहकहरुले भिभान्त डेन्टलमा विशेष छुट पाउने, समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरीमा रहेको भिभान्त डेन्टल हस्पिटलसंग सम्झौता गरेको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्