Logo

नक्कली शैक्षिक प्रमाणपत्र छानविनमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र छानविनमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ



काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानविनका लागि भन्दै सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

नक्कली प्रमाणपत्रका आधारमा बैंकमा कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

यो प्रकरणमा अहिले पनि अपरेसन चलिरहेको उनले जानकारी दिए । ‘एक जनालाई प्रकाउ गरेर ल्याईकिएको छ । बाँकीलाई पक्राउपुर्जी जारी गरेर पक्राउ गर्नको लागि पठाईएको छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL