Logo

लक्ष्मीले किन्यो प्रोफेसनल दियालो विकास बैंक, समहतिका लागि आइतबार राष्ट्र बैंक जाँदै

लक्ष्मीले किन्यो प्रोफेसनल दियालो विकास बैंक, समहतिका लागि आइतबार राष्ट्र बैंक जाँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी बैंकले प्रोफेशनल दियालो विकास बैंक खरीद गरेको छ । लक्ष्मीले बनेपामा केन्द्रिय कार्यालय रहेको विकास बैंकलाई किनेको हो ।

खरिद सम्झौतामा लक्ष्मी बैंकका अध्यक्ष शम्भुप्रसाद आचार्य र प्रोफेशनल दियालो विकास बैंकका अध्यक्ष लोकराज पन्तले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच एक्वीजिशन सम्बन्धी सम्झौता भएपनि सेयर स्वाप रेसियो भने टुङ्गो लागेको छैन । तर, प्रोफेशनल खरीदसँगै बैंकको वासलाता आकार तथा शाखा सञ्जाल बढ्ने बैंकद्वारा जारी विज्ञत्तीमा उल्लेख छ ।

साथै, सैद्धान्तिक सहमतिका लागि आइतबार राष्ट्र बैंक जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL