Logo

भुकम्प पीडितलाई ५५ करोड सहुलियत कर्जा प्रदान गर्दै साना किसान विकास बैंक

भुकम्प पीडितलाई ५५ करोड सहुलियत कर्जा प्रदान गर्दै साना किसान विकास बैंक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साना किसान विकास बैंकले भुकम्प पीडिलाई ५५ करोड रुपैयाँ सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बैंकले आज एक कार्यक्रम गरी सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।

जस अनुसार बैंकले आफ्ना सदस्य सहकारी अन्तरगतका भुकम्प पीडितलाई करीब ५५ करोड रुपैयाँ (५५ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन लागेको हो । बैंकले पहिलो चरणमा २० साना किसान कृषि सहकारीलाई १९ करोड १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कार्यक्रममा धादिङ, नुवाकोट र रसुवाका सहकारी प्रतिनिधीलाई कर्जा सहायता हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष खेमबहादुर पाठकले न्यून आय भएका समुदायले भुकम्पका कारण ठूलो आर्थिक क्षति बेहोन्ु परेको बताए । पीडितको आर्थिक पुनरुद्धार गर्न सहयोग पुग्ने उद्देश्य अनुरुप सहुलियत कर्जाको कर्जाको सुविधा दिएको उनको भनाइ थियो ।

उक्त रकम धादिङ, नुवाकोट र रसुवाका भुकम्प पीडितमध्ये १२ हजार ५ सय परिवारलाई बढीमा ५० हजारसम्म उपलब्ध गराउने बैंकले बताएको छ । बुधवार हस्तान्तरण गरिएको १९ करोड कर्जा सहायताबाट तीन जिल्लाका ४ हजार ४ सय १८ साना किसान परिवारको जीविकोपार्जन पुनस्थापनामा सहयोग पुग्ने बैंक द्वारा जारी बक्तव्यमा उल्लेख छ ।

एसियाली विकास बैंकले सरकारमार्फत बैंकलाई १५ लाख डलर (करीब १५ करोड रुपैयाँ) सहायता समेत उपलब्ध गराउने भएको छ । उक्त रकम भुकम्पबाट अतिप्रभावित १४ जिल्लाका साना किसानलाई विपत जोखिम न्यूनीकरण शीप विकास सम्बन्धि तालिम दिन खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्