Logo

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी रिक्वेष्ट रेमिट, विदेशबाट अब नि:शुल्क रेमिट्यान्स पठाउन सकिने

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी रिक्वेष्ट रेमिट, विदेशबाट अब नि:शुल्क रेमिट्यान्स पठाउन सकिने



काठमाडौं । उत्कृष्ठ बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ मार्फत नयाँ नयाँ सुविधाहरु दिदै आइरहेको छ । र्बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङको पोर्टलमा रहेको आरबीबी रिक्वेष्ट रेमिटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने आरबीबी रिक्वेष्ट रेमिट सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ र ट्रान्सफर प्रयोग गरी बैंकको आरबीबी रिक्वेष्ट रेमिट पोेर्टलको सेन्ड र्मिट मार्फत रकम पठाउन सक्नेछन् । साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यबस्था भएको हो । यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्