Logo

राष्ट्रिय वाणिज्य बैंकको नाफा १४.५४ प्रतिशतले बढ्यो, कमायो ४ अर्ब ९१ करोड

राष्ट्रिय वाणिज्य बैंकको नाफा १४.५४ प्रतिशतले बढ्यो, कमायो ४ अर्ब ९१ करोड



काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १४.५४ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात बढेर २.९५ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३५ करोड ५७ लाख रुपैयाँ थियो।

बैंकको सञ्चालन मुनाफा ६ अर्ब ९० करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा ५ अर्ब ८१ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि १८.७७ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३२.९४ प्रतिशतले बढेर १२ अर्ब ३५ करोड रुपैयाँ भएको छ। बैंकको रिजर्भको आकार १३०.४८ प्रतिशतले बढेर ३६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३३.९६ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्