Logo

एभरेष्ट बैंकको नाफामा ३६.८५ प्रतिशतको वृद्धि, रिजर्भ कोष १० अर्ब नाघ्यो

एभरेष्ट बैंकको नाफामा ३६.८५ प्रतिशतको वृद्धि, रिजर्भ कोष १० अर्ब नाघ्यो



काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३६.८५ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.७५ प्रतिशत ले बढेर ७ अर्ब ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ । बैंकको रिजर्भ कोष ११.०३ प्रतिशतले बढेर १० अर्ब नाघेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.४२ रुपैयाँले बढेर ३१.७२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ०.१२ प्रतिशत रहेको खराब कर्जा यो वर्ष ०.७९ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २३८.३३ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

यस कारण बैंकको लाभांश क्षमता ४०.५० प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL