Logo

हिमालयन बैंकको नाफा ३७.९६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

हिमालयन बैंकको नाफा ३७.९६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ऋणात्मक



काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.४४ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७५.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११४.८१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १७ पैसा घटेर १५ रुपैयाँ ८ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.११ गुणा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५८ पैसा रहेको छ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोषमा १४ अर्ब २० करोड ३४ लाख रुपैयाँ, निक्षेप र २ खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ र कर्जा लगानी २ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL