काठमाडौं । असार २९ गतेदेखि एकीकृत कारोबार गरेका लक्ष्मी सनराइज बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेर ५ अर्ब ५० करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७६ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ९९ करोड ६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७ अर्ब २२ करोड ५४ लाख रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको २१ अर्ब ६७ करोड २ लाख रुपैयाँ, जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ, निक्षेप २ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ र कर्जा लगानी २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, बैंकको खराब कर्जा ०.८९ प्रतिशतबाट बढेर २.८१ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ४४ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ।