Logo

एनएमबि बैंकको नाफा ३ अर्ब ४१ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड

एनएमबि बैंकको नाफा ३ अर्ब ४१ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड



काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ। सो आधारमा बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत, कुल सञ्चालन आम्दानी २१.०१ प्रतिशत, सञ्चालन मुनाफा ६.११ प्रतिशतले बढेको छ। सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ६१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६५ पैसा बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७९ पैसा रहेको छ।

यस अवधिमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत पुगेको छ । यस्तै बैंकको कस्ट अफ फण्ड ७.३४ प्रतिशत, आधार दर १०.३७ प्रतिशत र सीडी रेसियो ८३.४६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL