Logo

कुमारी बैंकको ब्याज आम्दानीमा ७७.११ प्रतिशतको छलाङ, यस्ता छन् अन्य सूचक

कुमारी बैंकको ब्याज आम्दानीमा ७७.११ प्रतिशतको छलाङ, यस्ता छन् अन्य सूचक



काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढेर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७ पैसा घटेर ७ रुपैयाँ ४६ सीमित रहेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा र प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको बैंकको २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको निक्षेप ७८.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ७७.३५ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL