Logo

नबिल बैकको नाफा साढे ७ अर्ब बढी, लाभांश क्षमता १४.६४ प्रतिशत

नबिल बैकको नाफा साढे ७ अर्ब बढी, लाभांश क्षमता १४.६४ प्रतिशत



काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको प्रतिसेयर १४ रुपैयाँ ६४ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८३.६२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८८.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७५.३७ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ १८ पैसा बढेर २७ रुपैयाँ ८२ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको छ ।

२७ अर्ब ५ कराड करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप २१.६५ प्रतिशत बढेको छ भने कर्जा लगानी १०.८२ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL