Logo

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३४ करोड रुपैयाँ माथि, वितरणयोग्य नाफा २४ करोड

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३४ करोड रुपैयाँ माथि, वितरणयोग्य नाफा २४ करोड



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपैयाँ गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकले ५० अर्ब ५६ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब १० करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समिक्षा अवधिसम्म वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ छ । सो आधारमा बैंकको लाभाश क्षमता ७.६२ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा १.३९ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL