Logo

१६.७० प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, यस्ता छन् अन्य सूचक

१६.७० प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, यस्ता छन् अन्य सूचक



काठमाडौं नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ३.८३ प्रतिशत, कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत, सञ्चालन मुनाफा २१.१९ प्रतिशतले बढेको छ।C
समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर ६ रुपैयाँ ६२ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ। यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ रहको छ।

प्रतिक्रिया दिनुहोस्
MBL