Logo

प्रभु बैंकको नाफा ४८.५४ प्रतिशतले बढ्यो, ब्याज आम्दानीमा छलाङ

प्रभु बैंकको नाफा ४८.५४ प्रतिशतले बढ्यो, ब्याज आम्दानीमा छलाङ



काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४८.५४ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएपछि खुद नाफा बढेको हो ।

समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशत बढेर १० अर्ब २५ करोड ७९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७४ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।अघिल्लो वर्ष १.८६ प्रतिशत रहेको खराब कर्जा बढेर असार मसान्तसम्ममा ४.१६ प्रतिशत पुगेको छ ।

सेन्चुरी बैंकलाई गाभेपछि बैंकको चुक्ता पुँजी २३ अर्ब बढी पुगेको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी २.९७ प्रतिशतले घटेर अहिले १२ रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन नाफा ४ अर्ब २० करोड ७७ लाख रुपैयाँ र कूल सञ्चालन आम्दानी १२ अर्ब २९ करोड २८ लाख रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा १६ करोड १६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL