Logo

धनकुटाको भेडेटारमा सेञ्चुरी बैंकको शाखारहित सेवा, सोमवारदेखि कारोवार शुरु

धनकुटाको भेडेटारमा सेञ्चुरी बैंकको शाखारहित सेवा, सोमवारदेखि कारोवार शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले धनकुटाको भेडेटारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सोमवारदेखि सेवा शुरु गरेको हो । बैंकले यसअघि भोजपुर, कैलाली, कंचनपुर, मोरंङ, खोटाङ्ग, रौतहटबाट शाखारहित बैकिङ्ग सेवा पनि प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्तसम्म बैंकले २६ अर्ब १ करोड निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकले २३।२४ करोड खुद नाफा गरेको जनाएको छ ।

बैंकले ३१ शाखा, २९ एटीएम, ८ शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्