Logo

सानिमा बैंकको नाफा २ अर्ब ६१ करोड, वितरणयोग्य मुनाफा २ अर्बभन्दा बढी

सानिमा बैंकको नाफा २ अर्ब ६१ करोड, वितरणयोग्य मुनाफा २ अर्बभन्दा बढी



काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २६.७७ प्रतिशत र सञ्चालन मुनाफा २७.९६ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ ।

१२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ११.५१ प्रतिशत बढेको छ । कर्जा लगानी ६.५० प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL