Logo

प्रभु बैंक र भिजि इम्पेक्सबीच सवारी कर्जा सम्झौता, देशभरको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने

प्रभु बैंक र भिजि इम्पेक्सबीच सवारी कर्जा सम्झौता, देशभरको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने



काठमाडौँ । प्रभु बैंक लिमिटेड र भिजि इम्पेक्स प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भि.जि. इम्पेक्स प्रा.लि.का तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र भि.जि. इम्पेक्स प्रा.लि. बीच सम्पन्न उक्त सम्झौता अनुसार भि.जि. इम्पेक्स प्रा.लि. बाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL