Logo

गणपति वनस्पति र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता, डिलर तथा बिक्रेताहरूलाई फाईनान्सिङ सुविधा

गणपति वनस्पति र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता, डिलर तथा बिक्रेताहरूलाई फाईनान्सिङ सुविधा



काठमाडौँ । नबिल बैक लिमिटेडले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपति वनस्पति लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरूलाई च्यानल फाईनान्सिङ सुविधा दिने भएको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा गणपति वनस्पति लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्षद्वय श्रवण कुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरू अनन्ता मोर, क्रषिराज मोर, राजीव मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो भने बैकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरू मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL