Logo

माछापुच्छ्रे बैंकको नाफा साढे नौ प्रतिशतले बढ्यो, अन्य सूचक यस्ता छन

माछापुच्छ्रे बैंकको नाफा साढे नौ प्रतिशतले बढ्यो, अन्य सूचक यस्ता छन



काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १८.०९ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी, बैंकको सञ्चालन नाफा ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड ८३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर १८ रुपैयाँ ०५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा छ । खराब कर्जा १.०८ प्रतिशतले बढेर २.१२ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ छ भने जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ६.३१ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १.६४ प्रतिशत घटेर १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख रुपैयाा पुगेको छ । बैंकको बेसरेट १०.७४ प्रतिशत र खराब कर्जा २.१२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL