Logo

सिटिजन्स बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने, सम्झौतामा हस्ताक्षर

सिटिजन्स बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने, सम्झौतामा हस्ताक्षर



काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले अनलाइन सपिङ प्लेटफर्म दराजबाट सामान किन्दा छुट पाउने भएका छन् । बैंक र दराजका प्रतिनिधिहरूले ग्राहकलाई सामान किन्दा विशेष छुट दिने सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता भएसँगै सिटिजन्स बैंकका कार्डवाहकहरूले हरेक विहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

साथै, यही अगस्ट १ पश्चात् नयाँ कार्ड प्राप्त गर्ने ग्राहकहरूले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप १५० रुपैयाँ सम्मको भौचर प्राप्त गर्न सक्ने सिटिजन्स बैंकले जानकारी दिएको छ । थापाथलीस्थित दराज क्यामुको कार्यालयमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका मास बैंकिङ अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकहरूलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गरे ।

सो अवसरमा दराजका प्रमुख संचालन अधिकृत विमल अर्यालले दराज समग्र ई–कमर्स क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनहरूमा समेत बैंकसँग सहकार्य गर्दै अगाडी बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्धन गर्दै जाने धारणा राखे । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याइरहेको जनाएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने पनि बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर हालसम्म १८८ वटा शाखा, १४७ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरूबाट १६ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL