Logo

सानिमा बैंकले ल्यायो सानिमा ‘५ इन १’ सेवा, के–के छन् सुविधा ?

सानिमा बैंकले ल्यायो सानिमा ‘५ इन १’ सेवा, के–के छन् सुविधा ?



काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि ‘५इन१’ सेवा सार्वजनिक गरेको छ । ‘५इन१’ सेवा सानिमा ‘५इन१’ खाताको परिष्कृत स्वरुप भएको बताइएको छ । यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको बैंकले जनाएको छ ।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउने बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिंग प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL