Logo

सनराइज बैंकको ७औं शाखारहित सेवा इलामको नयाँ बजारमा, बैंकिङ सेवाको प्रतिनिधिमा अधिकारी

सनराइज बैंकको ७औं शाखारहित सेवा इलामको नयाँ बजारमा, बैंकिङ सेवाको प्रतिनिधिमा अधिकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो ७औं शाखारहित बैंकिङ सेवा इलामको नँयाबजारमा शुरू गरेको छ । बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मी र स्थानीय बुिद्धजिवी एवंम् भूतपूर्व शिक्षक कमलकान्त रिमालले शुक्रबार एक समारोहबीच सो शाखाको उद्घाटन गरे ।

सो अवसरमा बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मीले शाखारहित बैंकिङ सेवाको प्रतिनिधि देवी प्रसाद अधिकारीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । शाखा कार्यालय नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ सेवा मार्फत एटिएम कार्ड र औंठा छापबाट कारोबार गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्