Logo

वित्तीय पहुँचमा जोडियो घादिङको रोराङ, सानिमा बैंकको एटिएम बुथ संचालनमा

वित्तीय पहुँचमा जोडियो घादिङको रोराङ, सानिमा बैंकको एटिएम बुथ संचालनमा



काठमाडौं । सानिमा बौंकले धादिङको रोराङमा एटिएम मेशिन जडान गरेको छ । बैंकले २०८० श्रावण १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित हुवासिन सिमेन्ट नारायणी प्रालि उद्योगको परिसरमा एटिएम बुथ संचालनमा ल्याएको हो ।

उक्त एटिएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर श्री सियाङ साङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बाग्मति प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL