Logo

सानिमा बैंकको हकप्रद सेयर बिक्री खुला,१ करोड ५३ लाख कित्ता सेयर निश्कासन गरिदै

सानिमा बैंकको हकप्रद सेयर बिक्री खुला,१ करोड ५३ लाख कित्ता सेयर निश्कासन गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंकको हकप्रद सेयर बिक्री आइतवारदेखि खुला भएको छ । जसअनुसार साउन १६ गतेसम्म लगानीकर्ताहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्ने छन् । जेठ २४ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयर संख्याको ५० प्रतिशतसम्मको लागि आवेदन दिन सक्ने बताइएको छ ।

बैंकको १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निश्कासन हुन लागेको हो । हकप्रद सेयर बिक्री पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुग्ने छ । सानिमाको सेयर बिक्री प्रबद्र्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

अंकित मूल्य प्रतिकित्ता १ सयका दरले लगानीकर्ताले सेयर खरिद गर्न सक्ने बताइएको छ । नविल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल तथा सानिमा बैंकको प्रधान तथा शाखा कार्यालयबाट फारम लिन लिन सकिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्