Logo

सिटिजन्स बैंक र अप्रिकस क्याफे तथा ठमेल मोमोतारुबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट पाउने

सिटिजन्स बैंक र अप्रिकस क्याफे तथा ठमेल मोमोतारुबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेलको अप्रिकस क्याफे तथा मोमोतारु रेस्टुरेन्टबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अप्रिकस क्याफेमा ५ प्रतिशत र मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेट मा १५ प्रतिशतसम्मको छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL