Logo

राष्ट्र बैंकद्वारा १० अर्बको ऋणपत्र जारी, आइतबार ३ बजेभित्र खरिदगर्नुपर्ने

राष्ट्र बैंकद्वारा १० अर्बको ऋणपत्र जारी, आइतबार ३ बजेभित्र खरिदगर्नुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बजारमा तरलता बढेपछि बैंकले आइतबार १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले खरिदगर्न सक्नेगरी ऋणपत्र जारी गर्न लागेको हो । उक्त बचतपत्र आइतबार अपराह्न ३ बजेसम्म खरिद गर्न सक्नेछन् ।

ऋण पत्र खरिद गर्न चाहनेले न्युनतम १ करोड रुपैयाँदेखि १ करोडले भाग गर्दा निःशेष भाग जाने गरी १० अर्बसम्मका लागि आवेदन दिन सकिने छ । ऋणपत्रको ब्याजदर भने हरेक छ महिनामा भुक्तानी दिइने छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन मार्फत पनि आवेदन दिन सक्ने छन् । बोलकबोलमा सबैभन्दा कम ब्याजदरको प्रस्ताव गर्नेलाई ऋणपत्र दिइने छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोका रुपमा ऋणपत्र राख्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्