Logo

सनराइजको शाखारहित बैंकिङ सेवा इलामको साखेजंगमा, प्रतिनिधिमा राई नियुक्त

सनराइजको शाखारहित बैंकिङ सेवा इलामको साखेजंगमा, प्रतिनिधिमा राई नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले इलामको साखेजुङगमा आफ्नो शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ सेवा बैंकको इलाम शाखाका प्रमुख गुरूराज रेग्मी र नेपालटार उच्च माविका प्रधानध्यापक गोपालप्रसाद कट्टेलले बिहीबार एक समारोहका बीच उद्घाटन गरे ।

सो शाखारहित बैंकिङ सेवाको एजेन्ट/प्रतिनिधिका रुपमा सुरेन्द्र राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको थियो । मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिन्छ ।

यससँगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्