Logo

सिटिजन्सले सुनसरीमा संचालनमा ल्यायो शाखारहित बैंकिङ, शाखा संख्या ९३ पुग्यो

सिटिजन्सले सुनसरीमा संचालनमा ल्यायो शाखारहित बैंकिङ, शाखा संख्या ९३ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सुनसरी थप एउटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सुनसरीकोे लौकही गाविसमा आफ्नो ९३ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखारहित बैंकिङ सेवा बैंकका इटहरी शाखाका शाखा प्रमुख सुब्रत रोयले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । साथै बैंकले सो शाखारहित बैंकिङ सेवा संचालनका लागि स्थानीय व्यवसायी अशोककुमार यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

बंैकिङ्ग सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ मार्फत उपलब्ध गराउँदै आएको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ कारोवारमा आवद्ध हुने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL