Logo

सिद्धार्थ र यूनिभर्सल बैंक गाभियो, मंगलबार देखि एकीकृत कारोबार सुरु

सिद्धार्थ र यूनिभर्सल बैंक गाभियो, मंगलबार देखि एकीकृत कारोबार सुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक गाभिएको छ । यी दुई सस्था गाभिएर बनेको सिद्धार्थ बैंक लिमिटेडबाट मंगलबार देखि एकीकृत कारोबार सुरु भएको छ ।

सो दिन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको सुभारम्भ गरेका थिए । बैंक गाभिएपछि बैंकको मुख्य कार्यालय काठमाडौंको हात्तिसारमै रहने जानकारी दिइएको छ । यी दुई बैंकले गत वैशाखमा विशेष साधारण सभा गरेर गाभिने निर्णय गरेका थिए ।

मर्ज पछि सिद्धार्थ बैंकको कुल चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यी दुई बैंकको खुद नाफा १ अर्ब १६ करोड खुद नाफा रहेको छ । त्यस्तै ६२ अर्ब १० करोड र ५३ अर्ब ६४ करोड कर्जा प्रवाह भएको छ । मर्जर पछि बैंकको ६९ शाखा, ८१ एटिएम र ६५ स्थानमा शाखारहित बैंकिंग सेवा पुगेको छ । मर्जपछि बैंकले सबल र थप सुदृढ सस्थाका रुपमा ग्राहकहरुको आवश्यकता अनुसार प्रभावकारी रुपमा सेवा दिने लक्ष राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL