Logo

सेञ्चुरी बैंकले ल्यायो भिसा क्रेडिट कार्ड, बैंकको ३१ वटै शाखाहरुबाट सेवा दिइने

सेञ्चुरी बैंकले ल्यायो भिसा क्रेडिट कार्ड, बैंकको ३१ वटै शाखाहरुबाट सेवा दिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले सेञ्चुरी भिसा क्रेडिट कार्डको शुरुवात गरेको छ । ग्राहकहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्ने छन् । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेञ्चुरी बैँकले भिसा के्रडिट कार्डको सेवा बैंकको ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने छ ।

बैंकले आर्थिक बर्ष २०७२र७३ को चैत्र मसान्तसम्म कुल निक्षेप रु।२६ अर्व र कर्जा रकम रु। २२ अर्व ८३ करोड परिचालन गरी रु। ३४ अर्व ५० करोड सञ्चालन मुनाफा र रु। २३ अर्व ।२४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले २०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको हो ।

यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा ए।टी।एम्, ८ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्