काठमाडौँ । हिमालयन बैंक लिमिटेडले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी निधन भएपछि निजकी पत्नी विमला गुराँगाईलाई सो रकम हस्तान्तरण गरेको हो । बंैकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरु बीच रकम हस्तान्तरण गरेका थिए । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरुको दुर्घटना मृत्यु बीमा खरिद गरेको जनाएको छ ।
यस दुःखद् घडीमा सो रकमले मृतकको परिवारमा केही सहयोग हुने विश्वास बैंकको छ । हाल हिमालयन बंैकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ । यस्तै अन्य वचत योजनाहरुमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।