काठमाडौं। घोराही सिमेन्टको आइपीओ प्रकरणमा एनआइसी एशिया बैंकलाई कारबाही गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बैंकले आवेदकको खातामा पैसा नहुँदा पनि आवेदन स्वीकृत गरेको भेटिएपछि बोर्डले बैंकलाई कारबाही गर्न निर्देशन दिएको हो ।
कम्पनीले गत जेठ मा सार्वजनिक गरेको आईपीओमा फर्जी आवेदन परेको थियो। उक्त प्रकरणको जाँचबुझ गर्न धितोपत्र बोर्डले समिति गठन गरेको थियो। जाँचबुझ समितिले पैसा नभएको आवेदन स्वीकृत गरेपछि बैंकमा पनि छानविन गरी आवश्यक कारबाही गर्न सिफारिस गरेको हो ।
‘आस्वा सदस्य एनआइसी एशिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो त्यस सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाउने’ बोर्डको जाँचबुझ समितिले गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ
कम्पनीको आईपीओमा १२ जनाले खातामा पैसा नभई १० लाख कित्ताका दरले आवेदन दिएका थिए । खातामा पैसा नभइ आवेदन परेपछि असार ४ गते बोर्डले उक्त आवेदन प्रकृतया स्थगन गरेर जाँचबुझ गरेको थियो ।