Logo

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई पोसाक हस्तान्तरण

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई पोसाक हस्तान्तरण



काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत झापा जिल्ला कमल गाउँपालिका–५ पाडाजुङ्गी स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई सोमबार पोसाक हस्तान्तरण गरेको छ ।

उक्त विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू भूमिहीन, बाढीपीडित, सुकुम्वासी, दलित, जनजाति, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरूलाई सो पोसाक निःशुल्क रूपमा वितरण गरिएको हो । बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनाललाई उक्त पोसाकहरू हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीयका साथै बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL