Logo

प्रभु र नेपाल सर्टिफाइङवीच विद्यूतीय हस्ताक्षर सम्झौता, सूचना प्रवाहलाई विश्वसनीय बनाउने उद्देश्य

प्रभु र नेपाल सर्टिफाइङवीच विद्यूतीय हस्ताक्षर सम्झौता, सूचना प्रवाहलाई विश्वसनीय बनाउने उद्देश्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनीवीच विद्युतिय हस्ताक्षर सम्वन्धि सम्झौता सम्पन्न भएको छ । विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदान सम्बन्धमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउने उद्देश्यका साथ सम्झौता भएको हो ।

हालै आयोजित एक कार्यक्रमवीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कम्पनीका अध्यक्ष विप्लवमान सिंहले उक्त सम्झौता पत्रमामा हस्ताक्षर गरे । सो अवसरमा बैंक तथा कम्पनीका अन्य पदादिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सूचना आदान प्रदानमा हुने जोखिम न्यूनिकरण सम्बन्धी सम्झौता पश्चात् आगामी दिनमा बैंकको आन्तरिक तथा बाह्य ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सवलहुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL