काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता भएको छ । प्रभु बैंकका चिफ मार्केटिङ्ग अफिसर मञ्जयराज पाण्डे तथा वन्डर्स नेपालका कार्यकारी निर्देशकसोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने बैंकको विश्वास छ ।
सो अवसरमा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र निर्देशक पदमप्रसाद न्यौपानेको पनि उपस्थिति थियो । उक्त सम्झौता अनुरुप बैंकले वन्डर्स नेपालप्रालिको परिसरमा एटीएम, क्युआर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने छ । सम्पूर्ण सर्वसाधारण तथा ग्राहकले वन्डर्स नेपाल प्रालि अन्तर्गत काठमाण्डौको कमलादी स्थित स्काई वाक भ्यू टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् । उक्त सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।