काठमाडौं । सनराइज बैंकको भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोशी प्रदेशको भद्रपुरस्थित गिरिचोकमा यात्रु प्रतिक्षालयको निर्माण गरेको छ ।
आषाढ १७ गते आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश कुमार पोखरेल तथा बैंकका कोशी प्रदेश प्रमुख बिनोद गजुरेलद्वारा संयुक्त रुपमा उक्त यात्रु प्रतिक्षालयको उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्की बैंकका शाखा प्रबन्धक भरत प्रसाई लगायतको उपस्थिती रहेको थियो । उक्त यात्रु प्रतिक्षालयको निर्माणले मेची राजमार्ग तथा भद्रपुर बसपार्क सम्म यात्रा गर्ने दैनिक सयौं यात्रुहरु लाभान्वित हुने बैंकको विश्वास छ ।
नगरपालिका प्रमुख गणेश कुमार पोखरेलले उक्त कार्यप्रति हार्दिक आभार व्यक्त गर्दै सनराइज बैंकलाई धन्यबाद ज्ञापन गरेका थिए ।
सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।