Logo

सेञ्चुरी बैंकको तेस्रो एक्स्टेन्सन काउन्टर मनमैजुमा, बुधवारदेखि कारोवार शुरु

सेञ्चुरी बैंकको तेस्रो एक्स्टेन्सन काउन्टर मनमैजुमा, बुधवारदेखि कारोवार शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको मनमैजुमा तेस्रो एक्सटेन्सन् काउन्टर स्थापना गरेको छ । बैंकले बुधवारदेखि सो काउन्टरको शुरुवात गरेको हो ।

बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ । आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२६.०१ अर्व र कर्जा रकम रु. २२ अर्व ८३ करोड परिचालन गरी रु. ३४ अर्व ५० करोड सञ्चालन मुनाफा र रु. २३ अर्व २४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको हो ।

यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र २ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्