Logo

ग्लोबल आइएमईले प्यासिफक बैंकलाई एक्विजिसन गर्ने, समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमईले प्यासिफक बैंकलाई एक्विजिसन गर्ने, समझदारी पत्रमा हस्ताक्षर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । बुधवार एक् कार्यक्रमवीच ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष भेषबहादुर पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरे ।

दुवै बैंकवीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई एक जिल्ले विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दे आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पूँजी ११ करोड रहेको छ ।

प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी रु। ६ अर्व २७ करोड, कुल निक्षेप रु।७१ अर्व, कर्जा लगानी रु। ६१ अर्व र ९४ वटा शाखा कार्यालय पुग्नेछन् ।

ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफल मर्जर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्