Logo

सिटिजन्स बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, ज्येष्ठ नागरिक क्लब भवन बनाउन आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, ज्येष्ठ नागरिक क्लब भवन बनाउन आर्थिक सहयोग प्रदान



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धम्बोझी ०२, नेपालगन्ज स्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग गरेको हो ।

ज्येष्ठ नागरिकहरूका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको हो । जसले उनीहरूको विभिन्न समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरूको आवाजलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

ज्येष्ठ नागरिक क्लबले उनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न, सदस्यहरूद्वारा पारस्परिक रूपमा लाभ उठाउन र पुनः निर्माण गर्न मद्दत गर्ने लक्ष्य राखेको छ । एक समारोहका बिच बैंकले एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष अजित कुमार शर्मा लाई हस्तान्तरण गरेको छ ।

ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष अजित कुमार शर्माले जानकारी दिए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धारापानी शाखासहित देशभर आफ्ना १८४ वटा शाखा, १४१ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १५ लाख ९० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL